विश्व हिन्दु महासंघले २१ गते हुन गईरहेको चुनाव लाई ध्यान दिएर एक विज्ञप्ति जारी गरेको छ । महासंघले आगामी २१ गते हुन गईरहेको निर्वाचनमा उल्लासमय वातावरणमा चुनावमा सहभागी हुन तथा राजावादी,हिन्दुवादी शक्ति हरुलाई मतदान गरी विजयी गराउनुहुन अपिल गरीएको छ । विभिन्न दलसम्वद्ध नेताहरु सँगको भेटघाटपछि लोकतान्त्रिक शक्तिहरु लाई विजयी गराउन विज्ञप्ति जारी गरीएको विश्व हिन्दु महासंघका अध्यक्ष भरतकेशरी सिंह द्धारा जारी गरीएको विज्ञप्तिमा उल्लेख गरीएको छ ।