तस्विर -अरुण केसी
मंसिर १२, -हुम्लाबाट सुर्खेत उडेको तारा एयरको ट्वीनअटर दुर्घटना भएको खवर प्राएत भएको छ। हुम्ला विमानस्थलबाट उडान भर्नका लागि रनवेमा दाैडिएर टेकअप लिन खोज्दा टेकअप लिन नसकेपछि विमान् दुर्घटनामा परेको प्रदेश ६ का प्रहरी प्रमुख एआईजी रणबहादुर चन्दले जानकारी दिए । उनको अनुसार विमानमा सवार दुई प्रहरीसहित एक क्याप्टेन घाइते छन् । उनीहरुको टाउकोमा चोट लागेको छ । अन्य १३ यात्री भने सामान्य घाइते छन्। उनीहरुको हुम्लामा उपचार भइरहेको छ ।