माओवादी केन्द्रको जिल्ला संयोजक कर्ण वहादुर वुढाथोकीको ठाउमा निम वहादुर केसी

नेकपा माओवादी केन्द्र सल्यानको वैठकले पोलिटव्युरो सदस्य तथा जिल्ला संयोजक कर्ण वहादुर वुढाथोकी (छहारी) लाई जिल्ला संयोजक वाट हटाउन र कार्वाहीका लागी प्रदेश कमीटी र पार्टी केन्द्र लाई सिफारीस गर्दे उनको ठाउमा निम वहादुर केसी (अरुण) लाई चयन गरीएको जनाएको छ ।
माओवादी केन्द्र सल्यानका ईञ्चार्ज नेव वहादुर कुवर (विवेक) सहित,माओवादी केन्द्रका पोलीटव्युरो सदस्य तथा प्रतिनिधी सभाका उम्मेद्धार टेक वहादुर वस्नेतको उपस्थितीमा सल्यान खलंगामा आयोजना गरीएको पत्रकार सम्मेलनमा उक्त कुराको जानकारी गराइको हो । माओवादी केन्द्रका पुर्व संसद उमाकान्त शर्मा,पोलीटव्युरो सदस्य भिम प्रकाश शर्मा,जित वहादुर पुन लगाएतका नेताहरुले वाम गठवन्धनको विरुद्ध स्वतन्त्र उम्मेद्धारी दिएपछि तिनै जना लाई पार्टी केन्द्रले कार्वाही गरीसकेको छ भने जिल्ला संयोजक कर्ण वहादुर वुढाथोकी लगाएत टिकाराम वली (दर्शन),ज्ञान वहादुर वली (माईकल) लगाएतको समुह वागी लाई जिताउन लागीरहेकोले पार्टी हित विपरीतको कार्य गरेको भन्दै कार्वाहीको लागी सिफारीस गर्दे संयोजकमा निम वहादुर केसी लाई चयन गरीएको वताइएको छ ।
साथै वैठकले विभिन्न गाँउपालीका तथा नगरपालीका स्तरीय ईञ्चार्ज तथा संयोजक हरुको जिम्मेवारी पनी तोकेको विज्ञप्तिमा उल्लेख गरीएको छ । वैठकले एकजना पछि थप्ने गरी ७ सदस्यिय कार्यलय समिती गठन गरीएको पत्रकार सम्मेलन मार्फत जानकारी गराईएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार