शंकर के सी,सल्यान, ९ मंशिर /सल्यानमा लडेर घाइते भएका एक जनालाइ प्रदेशसभाका उम्मेदवारले उपचारमा सहयोग गरेका छन् । गत भदौमा लडेर घाइते भइ घरमै उपचार गराइरहेका सल्यान शारदा नगरपालीका वडा नम्बर ४ साहिलाकम्दका शालीकराम कवरलाई राष्ट्रिय प्रजातन्त्र पार्टि सल्यानका प्रदेश सभा क्षेत्र नम्बर दुईका उम्मेदवाार राजेन्द्र विर रायले उपचारमा सहयोग गरेका हुन् । लडेर घाईते भएका कवर नेपालगन्ज, काठमाण्डौ गएपनि आर्धिक अभावका कारण उपचार पुरा नगरी घर फर्किएका कवरलाइ नगद १५ हजार रुपैया सहयोग गरेका हुन् । राप्रपाका केन्द्रीय सदस्य समेत रहेका रायले शरिरको सम्पुर्ण भाग नचल्ने अबस्थामा पुगेका कवरलाई नगद सहयोग गरि उपचारका लागी नेपालगञ्ज पठाएका हुन् । नेपालगञ्ज मेडिकल कलेजमा उपचारमा लाग्ने सम्पुर्ण खर्च समेत रायले आफै ब्यहोर्ने बताएको कवरका भाई भोजराज कवरले जानकारी दिए । उनले भने– ‘पैसा नभएका हामी गरिवदुखीले त उपचारै गर्न नपाएर मर्न पर्नेरहेछ जस्तो लागेको थियो, तर राजेन्द्रविर ज्यु भगवान नै बनेर आउनुभयो ।’