सल्यान/ राप्रपा सल्यान लेआफनो चुनावी अभियान अन्र्तगत कालीमाटी गाँउपालीकाको पुतलीवजारमा चुनावी प्रचार सभा सम्पन्न गरेको छ । चुनावीसभा लाई राप्रपा सहाएक महामन्त्रि मनोज कुमार प्रधान,पुर्व संसद नेत्र लाल श्रेष्ठ र प्रदेश सभाका प्रत्यक्ष तर्फका उम्मेद्धार राजेन्द्र विर राई लगाएतले सम्वोधन गर्नु भएको थियो । सम्वोधनका क्रममा राप्रपा सहायक महामन्त्रि मनोज प्रधानले देशभरी काँग्रेस सँग चुनावी तालमेल भएपनी सल्यानमा पार्टी केन्द्रको सहमति विपरीत सल्यान काँग्रेसले राप्रपा लाई सल्यानको २ नं क्षेत्र छोडन नसक्नु दुर्भाग्य भएको वताउनु भयो । हामीले अहिले वनाएकोे लोकतान्त्रिक गठवन्धन प्रजातन्त्रको रक्षाको लागी मात्र भएको वताउनु भयो । उहाँले अगाडी भन्नु भयो काँग्रेसले अझै सोच विचार गरेर निर्णय गर्नेमा आफुहरु आसावादी रहेको वताउनु भयो । साथैै उहाँले थप्नु भयो राज्यलाई प्रसस्त कर तिर्ने उम्मेद्धार रोज्ने की राज्यको करवाट पालन पोषण हुन लाई चुनाव लडने उम्मेद्धार रोज्ने, जनताले विवेकपुर्वक निर्णय गर्नुपर्ने वेला आएको धारणा व्यक्त गर्नु भयो । त्यसैगरी प्रदेशसभाका प्रत्यक्ष उम्मेद्धार राजेन्द्र विर राई ले सल्यानको समृद्धी र विकासका लागी आफनो उम्मेद्धारी रहेको धारणा व्यक्त गर्नुभयो । उहाँले भन्नु भयो म सल्यानमा आफनै लगानीमा सुविधा सम्पन्न अस्पताल वनाउन चहान्छु । सल्यानमा प्रसस्त विकास र उद्योगका सम्भावना छन म मेरो क्षमता,अनुभव र निजी सम्पति यस जिल्लाको समृद्धीका लागी लगाउन चहान्छु तपाईहरुको साथ चाहिन्छ । म अरुले जस्तो झुठा प्रतिवद्धता गर्न सक्दिन, किनकी म एक सफल व्यवसायी हु तपाई हरुले विश्वास गरेर मत दिनुहोस कहिल्यै धोखा दिन्न । सभालाई पुर्व संसद नेत्र लाल श्रेष्ठ ले पनी सम्वोधन गर्नु भएको थियो ।