केन्द्रवाट टिकट वितरणमा अन्तिम समय सम्म रस्साकस्सि भएको सल्यानमा उम्मेद्धारी पछि पनि उत्तिकै चर्चामा छ । अझ माओवादीको वागी समुहले देशभरी उम्मेद्धारी फिर्ता लिदा पनी सल्यानमा फिर्ता नलिई चुनावमा होमीएपछि सल्यान जिल्लाको चुनावी सरगर्मि रोचक वन्दै गएको हो । प्रतिनिधि सभा र प्रदेश सभाका लागी एमाले,काग्रेस,माओवादी र राप्रपाले आफनो आफनो उम्मेद्धारी दिएपछि चुनावी भिडन्त रोचक हुने देखिएको छ ।
राप्रपाले संघमा दिएको उम्मेद्धारी फिर्ता लिए संगै राप्रपाको मत जसलाई जान्छ उही विजयी हुने अनुमान गर्न थालीएको छ । देशभरी वाम गठवन्धन र प्रजातान्त्रिक गठवन्धन भनेर चुनावी प्रतिष्प्रर्धा भईरहेपनि सल्यानमा भने यो सम्झौता र सहकार्य ले काम गरेको देखिएन । सल्यानका दुवै क्षेत्र तथा संघमा चारवटै पार्टी विच कडा प्रतिष्प्रर्धा हुने अनुमान गरीएको छ ।
संघमा काग्रेस वाट पुर्व शिक्षा राज्यमन्त्रि राजेन्द्र वहादुर शाह,वाम गठवन्धन वाट वहालवाला विना विभागिय मन्त्रि टेक वहादुर वस्नेत,माओवादीकै तर्फवाट वागी उम्म्ोद्धार पुर्व संसद तथा पोलिटव्युरो सदस्य उमाकान्त शर्मा चुनावी मैदानमा छन भने राप्रपा वाट उम्मेद्धारी दिएका गणेश भण्डारीले जिल्ला कमिटीको निर्णय अनुसार उम्मेद्धारी फिर्ता लिएका छन ।
त्यसै गरी प्रदेश सभा को (क) वाट वाम गठवन्धनको तर्फ वाट एमाले वैकल्पिक केन्द्रिय सदस्य गुलाव जंग शाह,काग्रेस वाट एकराज डाँगी तथा माओवादीकै वागी उम्मेद्धार पोलिटव्युरो सदस्य भिम प्रकाश शर्मा मैदानमा छन । यो क्षेत्र मतको हिसावले माओवादी केन्द्र अग्रस्थानमा छ । तर माओवादीकै प्रभावशाली नेता र क्षेत्र नं १ मा वलियो पकड भएका नेता भिम प्रकाश शर्मा माओवादीकै ठुलो समुहको समर्थन सहित वागीको रुपमा उम्मेद्धार भएपछि वाम गठवन्धन संकटमा मात्र हैन कसले विजय प्राप्त गर्छ भन्ने अनुमान गर्न गाह्रो भएको छ । किनकी वागी उम्मेद्धार लाई उनीहरुकै भाषामा माओवादी केन्द्रको पोलीटव्युरो सदस्य तथा जिल्ला संयोजक कर्ण वहादुर वुढाथोकी (छहारी) सहित वहुमत सदस्यको निर्णय र सहभागीतामा उम्मेद्धारी दिएको वताएका छन ।
त्यसै गरी प्रदेश सभाको (ख) मा पनी उत्तिकै रस्साकस्सी देखिन्छ । यस क्षेत्रमा एमाले पोलिटव्युरो सदस्य प्रकाश ज्वाला वाम गठवन्धनको तर्फवाट मैदानमा छन भने काग्रेस वाट काग्रेस पुर्व केन्द्रिय सदस्य डिल्लीराज रेग्मी,राप्रपा वाट राप्रपा केन्द्रिय सदस्य उद्योगपति तथा वैंकर राजेन्द्रविर राई मैदानमा छन । राई चुनावमा आएपछि यस क्षेत्रको चुनावी माहोल झन रोचक भएको छ । राई लाई जिताउन यस पटक सोही क्षेत्रवाट २०५६ मा राप्रपा वाट विजयी भएका पुर्व संसद नेत्रलाल श्रेष्ठ नै लागीपरेका छन । श्रेष्ठ यस क्षेत्रका प्रभावशाली व्यक्तिका रुपमा हेरीन्छन । किन भने यो क्षेत्र राप्रपाको राम्रो जनमत मात्र हैन २०५६ मा विजयी भएको क्षेत्र हो । त्यस्तै माओवादी केन्द्रको तर्फवाट वागीे उम्मेद्धार जित वहादुर पुन ले उम्म्ेद्धारी दिएका छन ।