ललितपुरतिर कोई नचिनेको मान्छे या समुहले तपाईलाई हिजोआज गुलावको फुल दियो भने अचम्म नमान्नुस यो समुह अरु कोई नभएर पुर्व मिस नेपाल रुवि शाह लगाएतको समुह हुन सक्छ । रुवि शाह,संगिता ताम्राकार,कुन्ता थापा लगाएतको समुह हिजो आज समाजसेवामा समर्पित हुदै आउनु भएकी स्वतन्त्र उम्मेद्धार गोमा केसी ले ललितपुर क्षेत्र नं ३ वाट उम्मेद्धारी दिएपछि गुलावको फुल हातमा लिएर भोट माग्न व्यस्त छ । ललितपुर निवासी गोमा केसी संघिय संसदको ललितपुर क्षेत्र नं ३ वाट स्वतन्त्र उम्मेद्धारी दर्ता गराउनु भएको छ । उहाँको चुनाव चिन्ह गुलावको फुल रहेको छ ।अहिले सडक र सामाजिक संजालमा समेत गुलावको फुलले खुवै चर्चा पाइरहेको छ ।
पुर्व मिस नेपाल रुवि शाह ले सामाजिक संजालमा यस्तो लेख्नु भएको छ।
म त सुवास छर्न हिडे।
ललितपुर क्षेत्र नम्बर ३, स्वतन्त्र उम्मेदवारी गोमा के सि थापा ज्यु लाई गुलाफ मा भोट हालौ।