
अस्मीता गिरी,
कार्तीक १९, सल्यान ।
सल्यानमा बाम गठबन्धनका विरुद्ध उम्मद्वारी दिएका माओवादी केन्द्रका नेताहरुले उम्मेद्वारी फिर्ता लिएका छैनन ।
माओवादीको भागमा परेको प्रतिनिधिसभा र एमालेको भागमा परेका प्रदेशसभा सदस्यविरुद्ध बागी उम्मेदवारी दिएका माओवादी नेताहरुले उम्मेदवारी कायमै राखेका हन् ।
प्रतिनिधिसभामा विनाविभागीय मन्त्रीसमेत रहेका माओवादी नेता टेकबहादुर बस्नेतविरुद्ध पूर्व सांसद समेत रहेको माओवादीका संस्थापक नेता तथा पोलिटव्यूरो सदस्य उमाकान्त शर्माले उम्मेदवारी दिएका छन् ।
प्रदेश(क)मा गठबन्धनबाट उम्मेदवारी दर्ता गराएका एमालेका गुलावजङ शाहविरुद्ध उम्मेदवारी दिएका माओवादीका पूर्व जिल्ला इञ्चार्ज भीमप्रकाश शर्मा र प्रदेश (ख) मा उम्मेदवारी दर्ता गराएका एमाले नेता प्रकाश ज्वालाविरुद्ध उम्मेदवारी दिएका माओवादीका केन्द्रिय सदस्य तथा पुर्व छापामार जीतबहादुर पुनले पनि उम्मेदवारी कायमै राखेको माओवादी सल्यानका संयोजक कर्णबहादुर बुढाथोकीले जानकारी दिए ।
उनिहरुले पार्टीमा पदको लागि वार्गेनिङ गरेको आरोप आफुहरुले खारेज गरेर जनतामा जान चाहेको बताएका छन । पार्टीमा सबैलाई पालो दिनुपने भन्दै फरक क्षमता सल्यानका कुनैपनि नेतामा नभएको भन्दै पालो मिलाएर जानुपर्ने बताएका हुन ।
आज उम्मेद्वारी फिर्ता लिने अन्तीम दिन राप्रपाबाट संघमा उम्मेद्वारी दिएका गणेश भण्डारी, प्रदेश तर्फ १ बाट बालाराम शर्मा, माओवादी केन्द्रका संघ तर्फ ज्ञान बहादुर वली प्रदेश तर्फ १ मा धर्मे बुढाथोकीले उम्मेद्वारी फिर्ता लिएका हुन ।