माओवादी केन्द्र सल्यानले केन्द्रको निर्णय नमान्ने

नेकपा माओवादी केन्द्र सल्यानले केन्द्रले गरेको टिकट वितरणको अन्यायपुर्ण निर्णय नमान्ने भएको छ।  सल्यान जिल्लामा टिकट वितरणको विषय लाई लिएर माओवादी केन्द्र भित्र असन्तुष्टि पैदा भएको हो । पार्टी केन्द्रले प्रदेश सभाका दुई सिट एमलेका तर्फवाट गुलावजंग शाह र प्रकाश ज्वाला र केन्द्र्रका लागी माओवादीको तर्फवाट टेक वहादुर वस्नेत लाई दिने निर्णय सँगै असन्तुष्टि पैदा भएको हो । माओवादी केन्द्रका सल्यानमा उपस्थित पोलिटव्युरो हरुको वैठक पछि विज्ञप्ति निकालेर असन्तुष्टि व्यक्त गरीएका छ । माओवादी केन्द्र सल्यान ईन्चार्ज नेव वहादुर कुवर विवेक तथा जिल्ला संयोजक कर्ण वहादुर वुढाथोकी छहारी द्धारा जारी विज्ञप्तिमा अगाडी भनिएको छ जनयुद्धको आधार क्षेत्र तथा सल्यान जिल्ला पार्टी संगठन ले दिएको सल्लाह लत्याउदै पार्टी केन्द्र द्धारा गरीएको एकतर्फि निर्णयको सल्यान जिल्ला पार्टी आपत्ति प्रकट गर्दे असहमति जाहेर गर्दछ । साथै पार्टी केन्द्र ले यो निर्णय नसच्याय अर्काे निर्णय लिन वाध्य हुने कुरा विज्ञप्ति मार्फत जानकारी गराईएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार