यस कारण चुनाव हार्देछन सिटौला

झापा क्षेत्र न ३ मा राप्रपा महामन्त्रि राजेन्द्र लिङ्देन र काग्रेस नेता कृष्ण सिटौला विच चुनावी प्रतिष्प्रर्धा हुने भएको छ । कांग्रेस सँग राप्रपाको समिकरण भए पनि अन्तिम अवस्थामा सिटौलाले सहमति विपरीत समानुपातिक सुचि वाट आफना नाम हटाएर प्रत्यक्ष लडने ईच्छा व्यक्त गरेपछि लिङ्देन  र सिटौला विच प्रतिष्प्रर्धा हुने भएको हो । तर अन्तिम अवस्थामा राजेन्द्र लिङ्देन लाई एमाले,माओवादी र सिटौला वाहेकका स्थानीय कांग्रेस कार्यकर्ता हरुले सहयोग गर्ने भए पछि सिटौलालाई चुनाव जित्न कठिन भएको छ । झापा क्षेत्र नं. ३ अर्तगत बाह्रदशी गाँउपालिका, हल्दीबारी गाँउपालिका, कचनकवल गाँउपालिका, भद्रपुर नगरपालिकाका वडा नं. १, २, ३, ४, ५, ६, ७ र ८ वडा र बिर्तामोड नगरपालिकाको वडा नं. ८ पर्दछ । यो क्षेत्रमा आगामी निर्वाचनका लागि १ लाख १४ हजार ५ सय ८६ मतदाता रहेका छन् ।
गत स्थानीय तहको निर्वाचनमा झापा ३ मा नेपाली कांग्रेसले २० हजार ५ सय ४५, नेकपा एमालेले १९ हजार ८ सय ८०, माओवादी केन्द्रले ९ हजार ५ सय ८८, राप्रपाले १४ हजार १ सय ५, फोरम लोकतान्त्रिकले २ सय ५ र संघीय समाजवादी फोरमले ७ सय ८६ मत पाएको थियो ।
यस आधारमा यहाँ बाम गठबन्धन सहित राप्रपाको मत मिसाँउदा ४३ हजार ५ सय ७३ हुन्छ । जुन नेपाली कांग्रेस ले पाएको मत भन्दा २३ हजार २८ मत बढी हो । झापामा कांग्रेससँगको गठबन्धन तोड्दै राप्रपाले एमालेसँग तालमेल गरेको छ । राप्रपाले विज्ञप्ति जारी गर्दे झापामा कांग्रेस सँग मैत्रिपुर्ण प्रतिष्प्रर्धा हुने र झापा वाहेक अन्य देश भरी कांग्रेस सँग तालमेल कायम रहेको जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार