सल्यानमा जीप दुर्घटना हुँदा २ जनाको ज्यान गएको छ भने १८ जना घाइते भएका छन् । बन्गाड कुपिण्डे नगरपालिका वडा न ८ स्थित रिठाघारीमा भे १ ज ९२७ न जीप दुर्घटना हुँदा २ जनाको घटना स्थलमै ज्यान गएको जिल्ला प्रहरी कार्यालय सल्यानले जानकारी दिएको छ । मृत्यु हुनेमा सुर्खेत भरीमालिका नगरपालिकाका अन्दाजी २५ वर्षिय देवराज कामी र विरेन्द्रनगर नगरपालिका निवासी धनमाया नेपाली रहेका छन् । जीप सडकबाट झन्डै २० मिटर तल खोलामा झरेको छ । घाइतेहरुको उद्दार कार्य भई रहेको प्रहरीले बताएको छ । सुर्खेत मेलकुनाबाट आएको जीप सल्यानको कुपिण्डे ताल घुमेर फर्किने क्रममा गाडी दुर्घटना भएको प्रहरीले जनाएको छ । जीप के कती कारण दुर्घटना भएको हो त्यसको अनुसन्धान भई रहेको प्रहरीको भनाई रहेको छ।