राप्रपाले आफना पाँच उम्मेद्धार फाईनल गरयो

महामन्त्रि भन्छन सिटौलालाई जित्ने धोको पुरा हुने भो

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टीले दोस्रो चरणको प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनका लागि पार्टी अध्यक्ष कमल थापासहित पाँच उम्मेदवारको टुंगो लगाएको छ ।
राप्रपा केन्द्रीय कार्य समिति बैठकले मंसिर २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनका लागि पाँच उम्मेदवारको टुंगो लगाउको हो ।
राप्रपा अध्यक्ष थापा मकवानपुर १ बाट लड्ने भएका छन् । यस्तै, राजेन्द्र लिङदेन झापा ३ बाट तथा विक्रमबहादुर थापा काठमाडौं ७ नम्बर क्षेत्रबाट लड्ने भएका छन् ।
यसैगरी, बाँके २ बाट ओमप्रकाश आजाद र दैलेख १ बाट दीपककुमार शाहीले उम्मेदवारी दिने राप्रपाले निर्णय गरेको हो ।                         

उता झपामा चुनावी कार्यक्रम हरुमा व्यस्त रहेका महामन्त्रि राजेन्द्र लिङदेन ले काग्रेसले कृष्ण प्रशाद सिटौला लाई उम्मेद्धार वनाउने निर्णय गरेपछि अझ उत्साहित भएर जनताको घरदैलो गरीरहेका छन ।  यदी काग्रेसले सहमति विपरीत सिटौलालई उम्मेद्धार वनाए हराएर देखाउने दावी गरेका छन।  

लिङ्ददेनले झापा क्षेत्र नं. ३ कुनै पनि हालतमा आफुले नछाड्ने बताउँदै काङ्ग्रेसले आफैले हस्ताक्षर गरेको गठबन्धनको सम्झौता आफै च्यातेको प्रतिक्रिया दिएका छन् । झापा क्षेत्र नं. ३ यो राजेन्द्र लिङ्देनले छाडिदिन्छ भन्ने भ्रम कसैले नपाले हुन्छ’,उनी भन्छन–‘कृष्ण सिटौलासँगै चुनावमा उठेर जित्ने मेरो धोको थियो, अब पूरा हुने भयो । झापा क्षेत्र नं. ३ मा राप्रपालाई छाडिदिने सहमति लत्याउनु काङ्ग्रेसको ठूलो भूल भएको उल्लेख गर्दै राप्रपाका महामन्त्री लिङ्देनले चुनावमा सिटौलालाई जितेर काङ्ग्रेसलाई सबक सिकाइदिने दावी समेत गरे ।काङ्ग्रेसकै कारण उसँगको गठबन्धन भत्किन सुरु भइसकेको जनाउँदै उनले झापा क्षेत्र नं. ३ मा अब नयाँ गठबन्धनका लागि राप्रपा खुला भएको बताए ।काङ्ग्रेस बाहेक जोसँग पनि गठबन्धनका लागि राप्रपा अब खुला भएको छ  ।  पूर्व सहमति तोडिएकोमा काङ्ग्रेसप्रति निकै आक्रोशित भएका नेता लिङ्देनले भने–‘यति चाहिँ भनिराखौ, मेची अञ्चलमै अब नयाँ गठबन्धन हुन सक्छ ।

झापा क्षेत्र नं. ३ बाट व्याक भएर अरु कुनै क्षेत्रमा लैजाने भनी काङ्ग्रेस र विभिन्न पक्षबाट हल्ला चलाउन थालिएको समेत आफुलाई जानकारी भएको बताउँदै नेता लिङ्देनले ‘राजनीतिका अनेक उतारचढाव सहेको यो राजेन्द्र लिङ्देन आफ्नो क्षेत्र छाडेर अन्त कतै जाला भनेर कसैले कल्पना पनि नगरुन् यसमा म प्रतिज्ञा गर्दछु । यता राप्रपाको आज वसेको कार्य सम्पादन समितीको वैठकले राप्रपाले सहमति अनुरुप फाईनल गरेका नाम मा सहयोग गर्ने विश्वास व्यक्त गरेको छ


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार