नेकपा सयुक्तका केन्द्रिय सदस्य तथा जिल्ला अध्यक्ष सहित २०० जना राप्रपा प्रवेश

रष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले चुनावको पुर्व सन्ध्यामा आज एक कार्यक्रम मार्फत नेकपा सयुक्तको सिंगो जिल्ला कार्य समिती लाई पार्टी प्रवेश गराउनु भएको छ । पार्टी कार्यलय धुम्वाराहीमा आयोजित उक्त कार्यक्रम वाट तनहु जिल्ला कार्य समिती सहित २०० जना लाई पार्टी प्रवेश गराउनु भएको छ ।
नेकपा सयुक्तका जिल्ला अध्यक्ष तथा केन्द्रिय सदस्य समेत रहेका लोकनाथ आचार्य सहितको जिल्ला कार्य समिती,क्षेत्रिय कार्य समिती,तथा नगर र गाँउ कार्य समिती गरी २०० जना लाई पार्टी प्रवेश गराउनु भएको हो ।
प्रवेश कार्यक्रममा पार्टी अध्यक्ष थापाले आफनो काम भनेको राप्रपा लाई वलियो राष्ट्रवादी शक्तिका रुपमा स्थापित गर्ने पहिलो काम रहेको धारणा राख्नु भयो । साथै देशको आर्थिक समृद्धी र राष्ट्रियता मजवुत हुनका लागी पनी प्रजातन्त्रवादी शक्तिहरु वलियो हुनु जरुरी रहेको कुरा प्रष्ट पार्नु भयो । (फोटो -राप्रपा सहायक महामन्त्रि राजाराम वर्ताेलाको फेशवुक वाल वाट)

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार