आगामी मंसिरमा हुने चुनावका लागि सल्यानमा म्यादी प्रहरीको छनोट चलिरहेको छ । चुनावका लागि म्यादी प्रहरी हुनेहरुले आज लिखित परिक्षा दिएका छन ।
म्यादीका लागि दरखास्त दिएका २ हजार ६ सय ६४ मध्ये २ दिनसम्म भएको शारिरिक व्यायाममा छनौट भएका १८ सय ७२ जवानले आज लिखित परिक्षा दिएका हुन ।
आजको लिखतबाट पास भएकाले फेरी मौखिक परिक्षा दिेनछन । सल्यानमा निर्वाचनका लागि १ हजार १ सय ९२ जना म्यादी प्रहरी छनोट हुनेछन ।
म्यादि प्रहरीको छनौट शान्त तथा निष्पक्ष रुपमा भैरहेको जिल्ला प्रहरीका कार्यालय सल्यानका प्रहरी निरिक्षक धर्म बहादुर केसीले जानकारी दिएका छन ।