परीच्छेद सेन को ”आमा”

डिल्लीराज रावत/

परिच्छेद सेनको लेखन तथा निर्देशन रहेको छोटो चलचित्र ‘मदर’ अर्थात ‘आमा’ आज सल्यानमा प्रदर्शन भएको छ ।

सल्यान श्रीनगरमा रहेको भगवती सिनेमा हलमा निर्माता परिच्छेद सेनकै उपस्थितीमा प्रदर्शन भएको चलचित्र आमा मा आमाले सन्तानलाइ दिने मायालाई प्रमुख रुपमा चित्रण गरिएको छ ।

चलचित्र हेरेपछि छत्रेश्वली गाउपालिका प्रमुख सन्तोष केसीले चलचित्र निर्मातालाई धन्यवाद दिएका थिए । उनले आमाका बारेमा सोचेर कुनैपनी सन्तानले काम गर्नुपर्ने भन्दै यो फिल्म हेरेपछि जो कोहि छोराले पनि आमाको लागि केहि न केहि गर्ने भएकाले यो फिल्म समाजको यथार्थ भएको बताएका थिए । उनले फिल्मले अन्तरष्ट्रिय अवार्ड जित्न सफल हवस भनि शुभकामना पनि दिएका थिए ।

 गोरखाको बारपाकमा छायांकन गरेको चलचित्र आमाले अन्तराष्ट्रिय अवार्डका लागि प्रतिस्पर्धा गर्नेछ । सेनले यसभन्दा अगाडि निर्माण गरेको १ मिनेट मात्र लामो स्ट्राईक नामको छोटो फिल्मले अमेरिकामा २ वटा अवार्ड जितिसकेको छ ।

आज सल्यानको श्रीनगरमा सल्यानी युवा संजालले यो अवसर जुटाएको थियो । यो फिल्म हेर्नलाई अव सबैठाँउमा २ बर्ष कुर्नुपर्ने सेनले जाकारी दिएका छन । उनले विभिन्न प्रतियोगितामा अवार्डका लागि जाने यो फिल्म सार्वजनिक हुन २ बर्ष लाग्ने जनाएका हुन ।

फिल्म हेरिसकेपछि युवा संजालका राजन केसी ले फिल्मको समिक्षा गर्दे फिल्म असाध्य राम्रो भएको प्रतिक्रिया दिए  ।

एक कार्यक्रमको आयोजना गरेर नै सल्यानी यूवा संजालले फिल्म प्रदर्शन गरेको हो । संजालका अध्यक्ष सुदर्शन बुढाथोकीको अध्यक्षतामा भएको कार्यक्रमको संचालन सन्तोष विकेले गरेका थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार