काठमाडौँ – राष्ट्रिय प्रजातन्त्र पार्टीले लोकतान्त्रिक गठबन्धनबाट प्रतिनिधि सभाको दोस्रो चरणका संघको निर्वाचनका लागी पाँच स्थानमा उम्मेदवारको टुंगो लगाएको छ । मकवानपुर–१ मा पार्टी अध्यक्ष कमल थापा, पर्सा–२ मा उपाध्यक्ष राजीव पराजुली, झापा–३ मा महामन्त्री राजेन्द्र लिङ्देन, दैलेख १ मा कुन्तीकुमारी शाही र काठमाडौँ–७ मा विक्रम थापाले प्रत्यक्षतर्फको उम्मेदवारी दिनुहुने उक्त पार्टीले जनाएको छ । आगामी मंसिर २१ गते हुने निर्वाचनका लागि लोकतान्त्रिक गठबन्धनले सो पार्टीलाई सात स्थान दिन तयार भएको र बाँकी दुई स्थानका लागि र उम्मेदवारको छनोट हुन बाँकी रहेको प्रवक्ता भुवन पाठकले जानकारी दिनुभयो ।साथै प्रदेश निर्वाचनका लागी उममेद्धार छनौट अन्तिम चरणमा पुगेको र काग्रेस सँगको सहमतिमा टुगयाईने जानकारी गराउनु भयो ।