लेहेङ्गामा नम्रताको सुन्दरता

नायिका नम्रता सापकोटा फोटोसुट गर्ने भन्ने वित्तिकै उत्साहित हुँदिनन् । उनी, निकै कम मात्र फोटोसुट गर्छिन् । तर, फोटोसुटका क्रममा भने नम्रतालाई सबै प्रकारका पहिरन सहज लाग्छन् ।

अनलाइनखबरका लागि लेहेङ्गामा फोटोसुट गर्ने क्रममा नायिका सापकोटा निकै आकर्षक देखिइन् । नायिका भएका कारण पनि समय-समयमा फोटो खिचुम् भन्ने चाहना आउने उनको भनाइ थियो ।

नायिका सापकोटा अहिले चलचित्र ‘समर लभ’को छायांकनमा व्यस्त छिन् । यो चलचित्रमा काम गरिरहेकी सापकोटा भन्छिन्-‘मैले पहिले नै पढिसकेको पात्रको भूमिकामा काम गरिरहेकी छु । यसैले यतिबेला म नम्रता नभएर अरु नै पात्रको रुपमा भिजेकी छु ।’ नम्रताका अनुसार, उनले अहिलेसम्म कुनै पनि चलचित्रमा एउटै भूमिका गरेकी छैनन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार