अमिताभको जन्मदिनमा आमिरले दिँदैछन् यस्तो उपहार

११ अक्टोबर अर्थात् आज अमिताभ बच्चनको जन्मदिन हो । उनी ७४ वर्षबाट ७५ वर्षमा प्रवेश गरेका छन् ।

अमिताभले हालै सामाजिक सञ्जालमा आफ्नो जन्मदिनलाई लिएर धेरै होहल्ला नगर्न र आफूलाई शान्तिको सास फर्ने दिन अनुरोध गरेका थिए । तर, उनका फ्यानहरु के शान्त हुन्थे । उनीहरु अमिताभको जन्मदिनलाई कुनै ठूलै पर्व जसरी मनाउने तरखरमा छन् ।

बलिउडका सेलिब्रिटीहरु पनि अमिताभको ७५ औं जन्मदिनलाई लिएर उत्साहित छन् । उनीहरुमध्ये एक हुन् आमिर खान । उनले जन्मदिनमा महानायकलाई के उपहार दिने भनेर पनि सोचिसकेका छन् ।

एक अन्तरवार्तामा आमिरले भने, ‘अमिताभजीका लागि कुनै पनि कुरा भन्नु भनेको सुर्यको अगाडि प्रकाश देखाउनु जस्तै हो । ११ तारिखमा उहाँको जन्मदिन छ र म पनि यसलाई लिएर एकदम उत्सुक छु । म सोच्न सकिरहेको थिइनँ कि जन्मदिनमा उहाँलाई के उपहार दिने होला । आखिर सबै कुरा त छ उहाँसँग । जब मैले यो कुरा साथीहरुसँग राखेँ, उनीहरुले मलाई गजब आइडिया दिए । म उनीहरुले भनेकै उपहार दिनेछु ।’

के हो त आमिरले दिने उपहार ? उनी भन्छन्, ‘म अमिताभजीका पिताजी हरिवंश राय बच्नको कुनै मिठो कविता आफ्नो आवाजमा रेकर्ड गरेर उहाँलाई दिनेछु । मलाई आशा छ, यो उपहार उहाँले मन पराउनुहुनेछ ।’

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार