सिमीचौर विमानस्थल निर्माणले गति लिएन, स्थानीय जहाजको प्रतिक्षामा

गुल्मी । गुल्मीको सिमीचौरमा एक दशकदेखि भइरहेको विमानस्थलको निर्माणले अपेक्षाकृत गति लिन सकेको छैन । जसका कारण दशैंमा धुले उडानबाट धेरैको जहाज चढ्ने आशा निराशामा परिणत भयो ।

दशैंमा सञ्चालन गर्ने योजना भए पनि विविध समस्याले पूरा गर्न नसकिएको रेसुंगा विमानस्थल निर्माण समितिका अध्यक्ष मधुकृष्ण पन्तले बताए । ‘काम निममित र योजना अनुसारनै अगाडी बढेको थियो,’उनले भने,’ स्थानीय चुनावले पनि समस्या हो निर्माणको काम छिट्टै सुरु गर्छौ ।’ जहाजमा उड्ने सपना बोकेका जिल्लावासीका लागि विमानस्थल निर्माण सपना जस्तै लागेपनि दशैमा धुले उडान भर्ने कुरालाई थप केहि आश उनीहरुमा पलाएको थियो ।

विमानस्थल सञ्चालन हुने खबरलगत्तै जिल्लाका उद्योगी, व्यवसायी पनि हषिर्त भएका थिए । नियमित विमानस्थल सञ्चालन भए जिल्लाको समग्र आर्थिक विकासले फड्को मार्ने अपेक्षा लिइएको थियो ।

‘यसपालि दसैंमा जहाज उड्ने सुनेका थियौं,’ रेसुंगा नगरपालिका ११ स्थित सिमिचौरकी रविना थापाले भनिन, ‘जहाज चढ्ने कुरा सपनाजस्तै भयो ।’ हिजो आज विमानस्थल निर्माणको काम नभएको उनले बताइन । ‘चुनावमा पनि नेताहरूले विमानस्थल चल्छ भन्थे’, उनले भनिन,’अझै पनि काम उस्तै छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार