काठमाडौं । भूकम्पका कारण ठाउँ ठाउँमा बिग्रीएको लाङटाङ पदमार्गको पुनर्निर्माण सम्पन्न भएको छ ।
रसुवाको छुनाममा ३२ मिटर लामो ट्रेल ट्रस ब्रिजको निर्माण हालै मात्रै सम्पन्न भएको टानका महासचिब कर्ण लामाले जानकारी दिएका छन् । यो ब्रिज जर्मनको अल्पाइन क्लब र टानको संयुक्त लगानीमा निर्माण भएको हो ।
यो ब्रिज निर्माण भएसँगै लाङटाङ पदमार्ग सहज भएको लामाले जानकारी दिए । उनले भने ‘भूकम्प पछि लाङटाङ पद मार्गका विभिन्न स्थानमा पहिरो गएको थियो जसका कारण विभिन्न स्थानमा सडक र ब्रिज बिग्रेका थिए , ति पुर्ननिर्माण गर्ने काम चलिरहेको थियो जुन हालैमात्रै सम्पन्न भएको छ ।’
लाङटाङ पदमार्ग पुननिर्माण अन्र्तगत शेर्पा गाउँदेखि घोडा तबेलासम्मको पदमार्ग मर्मत गरिएको छ । साथै यही क्षेत्रको पदमार्ग चौडा समेत गरिएको लामाले जानकारी सिदएका छन् । भूकम्का क्रममा लाङटाङ पदमार्गमै रहेको अल्पाइन क्लबको सक्रियतामा यो पदमार्ग मर्मतको काम सम्पन्न भएको हो ।