अर्को वर्ष रुसमा हुने विश्वकप फुटबलको छनोट चरण अन्तिम अवस्थामा पुगेको छ । सहभागी ३२ मध्ये आयोजक रुससहित २३ टोलीले स्थान सुरक्षित गरिसके ।
अब अन्तर महादेशीय र महादेशीय प्लेअफमार्फत आउने टोलीहरुको टुंगो अर्को महिनासम्ममा लाग्नेछ ।
पाँच पटकको बिजेता ब्राजिल, साविक बिजेता जर्मनीसँगै अर्जेन्टिना, बेल्जियम, कोलम्बिया, कोष्टा रिका, इंग्ल्याण्ड, इजिप्ट, फ्रान्स, आइसल्याण्ड, इरान, जापान, मेक्सिको, नाइजेरिया, पानामा, पोल्याण्ड, पोर्चुगल, साउदी अरेविया, सर्विया, दक्षिण कोरिया, स्पेन र उरुग्वे रुस विश्वकपका लागि छनोट भएका छन् ।
त्यसमध्ये युरोपबाट आयोजक रुससहित १०, एशियाबाट ४, अफि्रकाबाट २, उत्तर तथा मध्य अमेरिकाबाट ३ र दक्षिण अमेरिकाबाट ४ टोलीले विश्वकप सहभागिता पक्का गरिसकेका छन् ।
यसपटक युरोपबाट छनोट भएको आइसल्याण्ड र मध्य तथा उत्तर अमेरिकाबाट छनोट भएको पानामाले पहिलो पटक विश्वकप खेल्दैछन् । आइसल्याण्ड जनसंख्याको हिसावमा विश्वकपमा पुग्ने सबैभन्दा सानो मुलुक समेत हो ।
साथै यस विश्वकपमा अहिलेसम्म दक्षिण अमेरिकाबाट चिली र युरोपबाट नेदरल्याण्ड्स बाहिरिइसकेका छन् । चिली दक्षिण अमेरिकी च्याम्पियन हो भने नेदरल्याण्ड्स गत संस्करणको सेमिफाइनलिष्ट हो । त्यस्तै वेल्स, टर्की, युक्रेन तथा अफि्रकाबाट अल्जेरियापनि यस पटक विश्वकपमा स्थान बनाउन असफल रहे ।
हामीले विश्वकपमा सहभागिता निश्चित गरेका टोलीहरुको संक्षिप्त परिचय दिएका छौं ।