मैले केटाहरुलाई भनेको थिएँ- अर्जेन्टिनाका लागि मेस्सी विश्वकपमा थिएनन्, तर फुटबलले मेस्सीलाई विश्वकपमा ल्यायो ।’
मेस्सीले अरिअरको ४४औं हृयाटि्रकमार्फत इक्वेडरबिरुद्ध शानदार जित दिलाउँर्दै अर्जेन्टिनालाई विश्वकपमा पुर्याएपछि प्रशिक्षक जर्ज साम्पाओलीले दिएको पहिलो प्रतिक्रिया हो यो ।
सन् २०१४ को उपविजेता अर्जेन्टिनाले खेल सुरु हुनुअघिसम्म छैटौं स्थानमा थिए । र, उनीहरुलाई थाहा थियो कि चार टिममात्र विश्वकपमा छनोट हुनेछन् ।
३८ सेकेण्डमै अर्जेन्टिनाबिरुद्ध गोल गरी इक्वेडरले क्वीटोमा भयानक सुरुवात गर्यो । तर, बार्सिलोनाका सुपरस्टारले अर्जेन्टिनालाई खेलमा मात्र फर्काएनन्, अर्को वर्षको रुस विश्वकपमा टिकट सुरक्षित गरे ।
यतिमात्रै होइन, मंगलबारको रात फुटबलका लागि धेरै अविस्मरणीय घटना भयो
१. पानामा पहिलो पटक विश्वकपका लागि छनोट भयो । कोष्टारिकाबिरुद्ध विवादास्पद गोलको सहयोगमा उसले विश्वकपको ऐतिहासिक यात्रा तय गरेको हो ।
२. अमेरिका सन् १९८६ पछि पहिलो पटक विश्वकपमा सहभागिता जनाउन असफल रहृयो । उसले टि्रनिडाड एण्ड टोबाकोसँग पराजय ब्यहोरेको हो ।
३. ब्राजिलसँग ३-० ले पराजित हुँदै दक्षिण अमेरिकी च्याम्पियन चिली विश्कपबाट बाहिरियो, जसका कारण उसका प्रशिक्षक जुहान एन्टोनियो पिज्जीले पदबाट राजीनामा दिए ।
४. पोर्चुगलले स्वीट्जरल्याण्डलाई हराउँदै विश्वकपमा छनोट हुँदा गत संस्करणको सेमिफाइनलिष्ट नेदरल्याण्ड्स विश्वकपमा छनोट हुन सकेन ।