शरद भेषावकर हङकङविरुद्ध नखेल्ने, नरेशलाई टिममा बोलाइयो

असोज, काठमाडौं । नेपालका ब्याट्सम्यान शरद भेषावकर हङकङविरुद्ध नखेल्ने भएका छन् ।

नेपालले विश्व क्रिकेट लिग च्याम्पियनसिप अन्तरगत हङकङविरुद्ध शुक्रबार र आइतबार खेल्दैछ । नेपाली टोली हङकङ पुगिसकेको छ । तर, ज्वरो आएपछि शरदले दुबै खेल गुमाएका छन् ।

उनको स्थानमा टिममा नरेश बुढायरलाई बोलाइएको नेपाली टोलीका म्यानेजर रमन सिवाकोटीले जानकारी दिए ।

उनी भोलि हङकङ पुग्नेछन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार